काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले भुटानविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।

 

नेपालका लागि खेलको १२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् ।

 

आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता भुटान पनि प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । आजको खेलमा नेपालका लागि अमिसा कार्की र दिपा शाहीले डेब्यू गरेका छन् ।