झापा । झापा स्ट्रेन्थ लिफ्टिङ्ग संघले पूर्णता पाएको छ । यसअघि अर्जुन लम्सालको अध्यक्षतामा चैतमा तदर्थ समिति गठन भएको थियो ।

 

नयाँ कार्यसमितिको अध्यक्षमा रोविन मेचे चयन भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको भेलाबाट मेचेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण भएको हो ।

 

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको प्रमुख आतिथ्य तथा स्ट्रेन्थ लिफ्टिङ्ग केन्द्रीय समितिका महासचिव जीवन गिरीको विशिष्ट आतिथ्यमा नवगठित समितिको उपाध्यक्षमा चन्द्र राना (लाफा), सचिवमा चुडामणि दाहाल (राजु) चयन भएका छन् ।

 

यस्तै, समितिको सहसचिवमा निशा पोमु, कोषाध्यक्षमा मेनुका पौडेल चयन भएकी छन् भने सदस्यमा खेमराज श्रेष्ठ, मानबहादुर गिरी, होमबहादुर राई रणधिर राजवंशी, धनन्जय गणेश, ललित धिमाल, रक्की धिमाल र विनु थपलिया रहेका छन् ।

 

नयाँ कार्यसमितिको सल्लाहकारमा हरिलाल धिमाल र सिजरराज भण्डारीलाई मनोनित गरिएको नवनिर्वाचित उपाध्यक्ष लाफाले जानकारी दिए ।