काठमाडौं । नेपलाी राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नविकरण गरेका छन् । मछिन्द्रले सोमबार सामाजिक सञ्जालमार्फत देवेन्द्रसँगको सम्झौता नवीकरण गरिएको जनाएको हो ।
साविकको विजेता मछिन्द्रले फागुन १९ बाट सुरु हुने नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि देवेन्द्रको सम्झौता थप गरेको हो । गत सिजन मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको लिग जित्दा देवेन्द्र मुख्य खेलाडी थिए ।
यसअघि मछिन्द्रले स्ट्राइकर विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गर्दा मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।