बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

 

समितिको उपाध्यक्षमा आइतमाया लिम्बू शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरिएको छ । यस्तै सदस्यमा राम प्रसाई, सुदिप खवास, माधव खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, विशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकी चौधरी र शारदा दाहाल रहेका छन् । यस्तै समितिको सदस्य सचिवमा बिशन लिम्बूलाई मनोनित गरिएको छ ।

 

बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिकाअनुसार कार्यपालिका बोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ । यस्तै निर्देशिकामा समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगर प्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ ।