भद्रपुर । यहाँ जारी प्रथम भद्रपुर झापा गोल्डकपको अन्तिम सेमिफाइनल खेलको पहिलो हाफमा लिग विजेता मच्छिन्द्र एफसीले अग्रता लिएको छ । एपीएफ एफसीविरुद्ध मच्छिन्द्रले १–० गोलको अग्रता लिएको हो ।
खेलको १७औँ मिनेटमा विभागीय टोली एपीएफ एफसीविरुद्ध गोल गर्दै मच्छिन्द्रले अग्रता लिएको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७औँ मिनेटमा आकर्षक गोल गरेर अग्रता दिलाएका हुन् ।
खेलको सुरुवातीदेखि नै दबाब सिर्जना गरेको मच्छिन्द्रका लागि दुई वटा गोलको अवसर खेर गएको थियो । २६औँ मिनेटमा पाएको फ्रिकिकमा देवेन्द्र तामाङको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले बचाए ।