बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले वडा तहमा पनि समिति गठन गर्ने कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा शुक्रबार केशव पोख्रेलको अध्यक्षतामा वडा नम्बर १ खेलकुद विकास समिति गठन भएको छ ।

 

बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा १ नम्बर वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय वडा खेलकुद विकास समिति गठन गरिएको हो ।

 

सर्वसम्मत चयन गरिएको समितिमा उपाध्यक्षद्वयमा सोमन्त कार्की र केशव रणपहेली, सचिमा विमल भट्टराई छन् भने सदस्यमा शुभम गोयल, निर्भिक शिवाकोटी, सुरज धिमाल, पुष्कर पाण्डे, मनोज राजवंशी, प्रदिप लिम्बू र हेमन्त प्रसाई रहेका छन् ।

 

यसैगरी, ३ वडा खेलकुद विकास समितिको अध्यक्षमा अनिश सुवेदी चयन भएका छन् भने उपाध्यक्षद्वयमा आस्ना भण्डारी र सुभाष सिटौला तथा सचिमा बप्पा शाह सर्वसम्मत चुनिएका छन् ।

 

समितिको सदस्यहरुमा शितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र विकास गौतम चयन भएको नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार यसअघि २ नम्बर वडामा पनि खेलकुद विकास समिति गठन भइसकेको छ ।