बिर्तामोड । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापाको समिति गठन भएको छ । समितिको अध्यक्षमा दीप साउदेन चयन भएका छन् ।

 

आज बिर्तामोडमा भएको एक भेलाले महासंघका पूर्वकेन्द्रीय सदस्य चन्द्र राना (लाफा)को उपस्थितिमा अध्यक्ष साउदेन नेतृत्वको ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

 

महासंघकी उपाध्यक्षमा डम्मरकुमारी कट्टेल (बिनु), सचिवमा चुडामणि दाहाल (राजु) र कोषाध्यक्षमा निशा पोमु लिम्बू रहेकी छन् । यसैगरी, समितिको सदस्यमा खेमराज श्रेष्ठ, तुलबहादुर श्रेष्ठ, आशिष गुरुङ, बिपिन सुवेदी र मुना खड्का चयन भएका छन् ।

 

यसअघि शारीरिक सुगठनसम्बन्धी दुई वटा संस्था रहेको र राष्ट्रिय खेलकुद परिषदको पहलमा दुवै संस्था एकीकृत भइ विधानसमेत स्वीकृत भएपछि प्रदेश तथा जिल्ला समितिहरु गठन गरिएको हो ।

 

महासंघका पूर्वकेन्द्रीय सदस्य लाफाका अनुसार झापा जिल्ला खेलकुद विकास समितिमा विधिवतरुपमा झापा फिटनेस महासंघ दर्ता प्रक्रियामा अघि बढाइने भएको छ ।