झापा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, मंगलबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।