झापा (एजेन्सी) । आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १-० गोलले हरायो ।

 

अष्ट्रेलियाको जितमा स्टेफ क्याट्लेले ५२औँ मिनेटमा गोल गरिन् । उनले पेनाल्टीमा गरेको गोल घरेलु टोलीको जितमा पर्याप्त बन्यो । डिबक्सभित्र आयरल्यान्डकी मारिसा सेभाले हेली रासोलाई फल हानेपछि अष्ट्रे्लियाले पेनाल्टीको अवसर पाएको थियो ।

 

जितसँगै अष्ट्रेलियाले समूहमा तीन अङ्क बनाएको छ । आयरल्यान्डले हारबाट विश्वकप सुरुवात गरेको छ ।