शनिश्चरे । आगामी असोजमा सुरु हुने यु १९ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट ३० जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप काठमाडौँमा हुँदैछ ।
अखिल नेपाल फुटबल संघले संघ भएका सबै जिल्लालाई खेलाडी छनोट गर्न भनेअनुसार झापाबाट ३० जना छानिएको हो । प्रारम्भिक चरणमा शनिबार छानिएका ४७ जना खेलाडीमध्ये अर्जुनधाराको नमुना खेलमैदानबाट सोमबार ३० जना छनोट गरिएको संघका झापा अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए । प्रारम्भिक चरणमा जिल्लाका २ सयभन्दा बढी सहभागी थिए ।
झापाबाट छनोट भएका ३० जना खेलाडीले धरानमा हुने कोशी प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने महासचिव शेरबहादुर बस्नेतले बताए । कोशी प्रदेशका अन्य जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट छानिएर एन्फामा पठाइने बताइएको छ ।
धरानमा यही साउन २२ र २३ गते प्रदेशस्तरीय छनौट हुनेछ । त्यसपछि देशभरिबाट छानिएर आएका खेलाडीबाट यु १९ को राष्ट्रिय टोली घोषण गरिने एन्फाले जनाएको छ ।
झापामा छनौट भएकामध्ये सबैभन्दा बढी मेचीनगरबाट ११ जना रहेका छन् । छनौट भएका खेलाडीको नामावलीः
