काठमाडौं । एएफसी कपमा मछिन्द्रले आई लिग क्लब मोहन बगानसंगको भेट पक्का गरेको छ । दशरथ रंगशालामा प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने मोहन बगानसंगको भेट पक्का गरेको हो ।
मछिन्द्रको जितमा बिमल घर्ती मगर, आयुश घलान र अफिज ओलावालेले गोल गरे । खेलको सुरूवाती अग्रताले पारोले बनाएको थियो । ७ मिनेट मछिन्द्रको डिफेन्डिङ लाइन कमजोरीको फाइदा उठाउँदै काजु होमाले पारोलाई रोक्ने क्रममा मछिन्द्रका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठको आत्मघाती गोलसँगै सुरूवाती अग्रता लिएको थियो ।
१२औँ मिनेटमा बिमल घर्ती मगरले बराबरी गोल फर्काए । आयुश घलानको क्रसमा उनले हेडर मार्फत बराबरी गरे । १५ मिनेट मछिन्द्रले खेलमा अग्रता बनाउन सफल रह्यो । बिमलको पासमा आयुशले मछिन्द्रका लागि दोश्रो गोल गरे ।
३९औँ मिनेटमा अफिस ओलावालेले मछिन्द्रका लागि तेश्रो गोल गरे । ओमोलाजा करिमको क्रसमा ओलावालेले सेकेन्ड बार च्याप्दै हेडर मार्फत गोल गरेका हुन् । पहिलो हाफमा पारोमाथि मछिन्द्रले दवाव बनाएको थियो । तर, दोश्रो हाफमा मछिन्द्रमाथि पारोले दवाव बनाउन सफल रहयो ।
६१औँ मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरूङलाई बिट गराउँदै पारोका इभान आसान्टेले गोल गर्दै अग्रता ३-२ नतिजामा झारे । इन्जुरी समयमा गोलरक्षक बिट भएको अवस्थामा विमल घर्ती मगरले खाली पोष्टमा जाली चुमाउन चुके । खेलको २३औँ मिनेटमा पारोका कर्मा क्षेत्रिमले पहेलो कार्ड प्राप्त गरेका थिए ।