झापा (एजेन्सी) । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । दुवै टोली पहिलोपटक विश्वकपको फाइनलमा पुगेका हुन् ।

 

आज आइतबार स्टेडियम अस्ट्रेलियामा भएको फाइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १-० गोलले हरायो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

 

स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो । इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए ।

 

हिजो शनिबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्तरूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

 

स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचौँ टिम बनेको छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १र१ पटक जितेका छन् ।