झापा । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ ।

 

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

 

नेपाल र भारतबीचको ऐतिहासिक खेल हेर्नका लागि नेपाली क्रिकेटप्रेमीका लागि बिर्तामोडमा प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ । युनाइटेड युथ क्लब बिर्तामोडले हनुमान कम्प्लेक्सभित्र काँचको पर्दामा प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको हो ।

 

निःशूल्करुपमा प्रत्यक्ष प्रशारण गर्नका लागि वल्र्ड लिंकको सहकार्य रहेको छ । वल्र्ड लिंक बिर्तामोडका सुपरभाइजर विवेक थापाका अनुसार यसअघि नेपाल र पाकिस्तानबीच भएको खेलको पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।