झापा । फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

 

यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

 

डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छ ।