फिदिम । यहाँ जारी प्रथम किरात गोल्डकपको फाइलनमा आज झापाको बिर्तामोड युनाइटेड एफसी र मोरङको डाँगीहाट एफसी भिड्दैछन् ।

 

उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोडले ताप्लेजुङलाई २-१ गोलले पराजित गरेर अन्तिम सेमिफाइनलबाट फाइनलमा स्थान बनाएको हो । त्यस्तै, मोरङले आयोजक पाँचथरलाई टाइब्रेकरमा ४-१ गोलअन्तरले पराजित गरेर फाइनल प्रवेश गरेको पहिलो टोली हो ।

 

फिदिम माविको खेल मैदानमा आज दिउँसो १ः३० बजे हुने फाइनल भिडन्तमा दुवै टोलीले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियाेगितामा भारतकाे दार्जीलिङ, ताप्लेजुङ, तेह्रथुम, इलाम, काठमाडाैँलगायत ८ टिमकाे सहभागिता थियाे ।

 

प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेता टोलीले नगद २ लाख २ हजार २२२ सहित आकर्षक ट्रफी पाउने छ । विधागत पुरस्कारतर्फ १० हजार सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद २५ हजार पाउने आयोजकले जनाएको छ ।