काठमाडौं । नेपाल सुपर लिग २ को प्लेअफअन्तर्गत दोस्रो क्वालिफायरमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

 

भारतीय मिडफिल्डर निखिल कदमले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको ललितपुरले खेलाडी कम हुनका बाबजुद अग्रता लिएको हो । पहिलो हाफमा इमोह एजेकेलको गोलमा ललितपुर १-० ले अघि छ ।

 

खेलको सुरुवातदेखि नै दुवै टोलीले मध्यम गतिमा खेल खेलिरहेका छन् । पोखरा आज ७२ घण्टाको अन्तरालमा मैदान उत्रिएको हो भने ललितपुर ४८ घण्टा नपुग्दै अर्को खेल खेल्दैछ ।