शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविले ६६औँ वार्षिकोत्सवको अवसरमा अन्तरमावि फुटबल आयोजना गर्ने भएको छ ।

 

महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा स्व. कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका अन्तरमावि नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता माघ पहिलो साता हुनेछ ।

 

विद्यालयका अनुसार प्रतियोगितामा अर्जुनधारा नगरभित्र रहेका विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

 

सालबारी निवासी अरुणकुमार डाँगीले प्रायोजन गर्ने प्रतियोगिताको विजेताले नगद २० हजार र ट्रफी पाउने विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद १० हजारमा चित्त बुझाउनु पर्नेछ । म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १ हजार पाउने छ ।