सुनसरी । काठमाडौँको मदन भण्डारी स्पोर्टस् एकाडेमीले सातौँ भलुवा गोल्डकपको उपाधि जितेको छ ।

मदन भण्डारी स्पोर्टस् एकाडेमीले शनिबार सम्पन्न फाइनल खेलमा संयुक्त युवा क्लब सिमरिया सुनसरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि उपाधिका लागि निर्णय टाइब्रेकरबाट लिइएको थियो
। विस्तृत विवरण केही समयपछि आउनेछ ।

गोल्डकप च्याम्पियन मदन भण्डारी स्पोर्टस् एकाडेमीले ट्रफीसँगै नगद ३ लाख पायो भने उपविजेता संयुक्त युवा क्लबले नगद १ लाख ५० हजारमा चित्त बुझायो । १० टीम सहभागी यस गोल्डकप स्थानीय गोल्डेन स्टार युथ क्लबले आयोजना गरेको हो ।