भेडेटार । धनकुटाको राजारानीमा आयोजित ११औं रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा बिर्तामोड युनाइटेड एफसीले स्थान बनाएको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोडले रियल स्टार क्लब हेटौंडालाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
विजयीका लागि आशिष चापागाई खेलको ३ मिनेट र १३औँ मिनेटमा गोल गरे भने र योगेश गुरुङले खेलको ६३औँ र ९ं४औँ मिनेटमा गोल गर्दै शानदार जित दर्ता गरे ।
खेलको खेलको प्लेयर अफ दि म्याच बिर्तामोडका आशिष चापागाईं बने । उनले नगद ७ हजार प्राप्त गरे । भोजपुरले शनिबार तेस्रो क्वाटरफाइनल खेलमा आयोजक रारा एफसीसँग खेल्नेछ ।
गोल्डकपको च्याम्पियनसिपको विजेता नगद ५ लाख प्राप्त गर्नेछ । गोल्डकपमा आठ टोली सहभागी रहेका छन्् ।