झापा । देशका केही ठाउँमा आज बिहानैदेखि पानी परेको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान सबैभन्दा धेरै बाग्मतीको नगरकोटमा १४ दशमलव ९ मिलिमिटर पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ।
आज दिउँसो काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताइन् । उनकाअनुसार मध्यपश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।