काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशभर साधारणतया मौसम बदली रहेको जनाएको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको स‌‌म्भावना रहेको छ ।

 

विभागका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।