काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।
सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईकाे नाममा एक गाेल रह्याे। सानुमायाले १०औं मिनेटमा गोल गरेकी हुन् ।
थप ३ गोल दोस्रो हाफ भएको थियो। समिक्षाले ५१ र ५९औं मिनेटमा गोल गर्दा टोलीको अग्रता ३(० भएको थियो। प्रतिक्षाले ६८औं मिनेटमा गोल गरेकी थिइन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् । लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच ३ बजे खेल सुरू हुनेछ।