तस्वीरः एन्फा

काठमाडौँ । वालिङ नगरपालीकाले संकटा क्लबमाथि जित हात पारेको छ । एन्फा महिला लिगको आज भएको पहिलो खेलमा संकटामाथि वालिङले १-० गोल अन्तरको जित निकालेको हो ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ जितमा सिसी नान्टोगोंले गोल गरिन् । वालिङका लागि ३९औं मिनेटमा आफैंले मिडफिल्डमा सुरुवात गरेको मुभलाई सानदार गोलमा परिणत गर्दै युगान्डाकी मिडफिल्डर सिसी नान्टोंगोले टोलीलाई जित दिलाएकी हुन् ।

 

दोस्रो खेलमा एपीएफसीले चन्द्रपुर नगरपालिकामाथि गोलवर्षा गरेको छ । चन्द्रपुरमाथि एपीएफले ६-० गोलको फराकिलो गोलअन्तरमा जित गरेको हो ।

 

एपीएफका लागि रेनुका नगरकोटीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, प्रिती राई, सविता रानामगर र गीता रानामगरको नाममा १-१ गोल रह्यो ।