उदयपुर । छैठौं रमपम उदयपुर गोल्डकपआजदेखि सुरू हुँदैछ । जिल्ला सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लब र न्यू स्टार क्लब सुनसरी भिड्दैछन् ।
खेल दिउँसोको ३ बजेपछि सुरू हुनेछ । ८ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफी पाउने छन् । प्रतियोगितामा आयोजक उदयपुर ११ सहित एपीएफ, संकटा, नेपाल पुलिस, रुपन्देही, मोरङ, सुनसरी र झापा ११ ले सहभागिता जनाएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।
प्रतियोगिता सम्पन्न गर्न ५३ लाख खर्च हुने अनुमान गरिएको छ। जसमा त्रियुगा नगरपालिकाले १० लाख सहयोग गरेको छ। यसअघिको संस्करण थ्री स्टारले जितेको थियो ।