गाइघाट । छैटौँ उदपयुर गोल्डकपको फाइनल भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ टिम र रुपन्देहीको गोर्खा ब्वाइज क्लबले आज प्रतिस्पर्धा गर्दैछन् ।

विदेशी खेलाडीसहित मैदान उत्रने गोर्खा ब्वाइजका खेलाडीसँग राष्ट्रिय टोलीमा आवद्ध नियमित खेलाडीसहित एपीएफ मैदान उत्रनेछ ।

स्थानीय थरुहट उदयपुर रंगशालामा आज अपराह्न हुने फाइनल खेलको विजेताले नगद ५ लाख पाउनेछ भने उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।