गाइघाट । छैटौँ उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जित्दा म्यान अफ दी म्याच श्याम नेपाली घोषित भए ।

फाइनल खेलमा श्याम नेपालीकै गोल मद्दतमा एपीएफले उपाधि रक्षा गरेको थियो । उनले नगद ७ हजार पाए भने एपीएफकै गोलरक्षक अमृत चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद १५ हजार पाए ।

त्यस्तै, बेस्ट डिफेन्समा गोर्खा ब्वाइजका विदेशी खेलाडी पेपेले पुरस्कार जिते । उनले पनि नगद १५ हजार पाए ।

यस्तै, गोर्खा ब्वाइजकै नितिन थापा उत्कृष्ट मिडफिल्ड खेलाडी घोषित भए । उनले नगद १५ हजार पाए । बेस्ट फरवार्ड भने एपीएफका नविन लामा घोषित भए । उनले पनि नगद १५ हजार पाए ।

एपीएफा प्रशिक्षक उत्कृष्ट घोषितहुँदै सुनिल श्रेष्ठले नगद १५ हजार पाए । राइजिङ प्लेयर भने उदयपुरका खेलाडी सुदिप श्रेष्ठले पनि नगद १५ हजार पाए । गोर्खा ब्वाइजका फरवार्ड फोफोना सर्वाधिक गोलकर्ता घोषित भए । तीन गोल गरेका उनले पनि नगद १५ हजार पाउन सफल भए ।

एपीएफका मिडफिल्डर राजेन्द्र रावल गोल्डकपकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५० हजार पाए । विजेता एपीएफले नगद ५ लाख पाउँदा उपविजेता गोर्खा ब्वाइज रुपन्देहीले ३ लाख रुपैयाँमा चित्त बुझायो ।