शनिश्चरे । झापा अर्जुनधाराका अनिष तामाङ हिमालय रोडिज सिजन सेभेनको फाइनलमा प्रवेश गरेका छन् । अनिषसँगै काठमाडौँकी रोजिता पनि फाइनलमा पुगेकी छन् ।
दुवैजना टिम अनुपबाट फाइनल पुगेका हुन् । अर्जुनधारा ५ का अनिष नेपाली सेनामा कार्यरत छन् । यस सिजनको च्याम्पियनले नगद १० लाखसहित एफजेड भी३ मोटरसाइकल पाउने छ ।
नेपाल र भारतका हजाराैँले सहभागिता जनाएको रोडिजको फाइनल प्रस्तुति सोमबार हुँदैछ । अनिष तामाङ शनिश्चरे तेक्वान्दो डोजाङका खेलाडी (थर्ड डान) हुन् ।