उदयपुर । प्रदेशस्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरको बेल्टार युनाइटेडले गोल वर्षा गरेको छ । उद्घाटन खेलमा सोलुखुम्बु ११ एफसीलाई ५-१ गोलले पराजित गर्दै उदयपुर लिगको दोस्रो चरणमा प्रवेश गरेको हो ।

बेल्टारका लागि प्रेम तिमिल्सिना, विशाल राई, लक्ष्मी पञ्जियार १-१ गोल गरे भने समिराज राउतले व्यक्तिगत २ गोल गरे । खेलमा सोलुका लागि राम तामाले सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ दी म्याच बेल्टारका समिराज घोषित भए । उनले नगद ५ हजार पाए ।