एजेन्सी- अतिरिक्त समयमा स्वीडेनलाई पराजित गर्दै नेदरल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा स्वीडेनलाई १-० ले पराजित गर्दै नेदरल्यान्डले फाइनलमा अमेरिकासँगको भेट पक्का गरेको हो । नेदरल्यान्डले पहिलो पटका महिला विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्डको जितमा अतिरिक्त समयमा ज्याकी ग्रोइनेनले गरेको गोल नै फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औं मिनेटमा ज्याकीले गोल गर्दै आफ्नो टोलीलाई फाइनलको बाटोमा डोर्याइन् ।

फाइनल आइतबार हुनेछ । यसअघि नै भएको पहिलो सेमिफाइनलमा संयुक्त राज्य अमेरिकाले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको थियो ।