झापा । नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले सुरुवाती १३ ओभरमा तीन विकेट हात पारेको छ ।
नेपालले पहिलो ओभरमै स्पिनर सागर ढकाललाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरले नै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरिबहादुर चौहानबाट स्टमपिङ आउट गर्न सफल भए ।

सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडेका छन् । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । यो समाचार तयार पार्न सम्म हङकङले १३ ओभरमा २९ रन बनाउन ३ विकेट गुमाएको छ ।