अर्जुनधारा। गतवर्षको एसईई परीक्षामा उत्तीर्ण हुन सफल भएका विद्यार्थीहरुमध्ये अर्जुनधारा नगरपालिकाबाट सहभागी भएका विद्यार्थीमध्ये सर्वोत्कृष्ट विद्यार्थी अर्जुनधारा-७ स्थित रुपरुत्न मेमोरियल बोर्डिङ स्कूलका विद्यार्थी भएको स्कुलले दाबी गरेको छ ।
स्कूलका डाइरेक्टर प्रभुकुमार श्रेष्ठका अनुसार ३.८५ जीपीए ल्याई ए प्लस ग्रेडमा उत्तीर्ण हुन सफल सोही नगरपालिका वडा नम्बर ८ निवासी पंकज मिश्र सर्वोत्कृष्ट विद्यार्थी भएको दाबी गरिएको हो । स्कूलबाट एसईई परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीमध्ये ५ जना ए प्लस, ७ जना ए, २० जना बी प्लस र ८ जना बी ग्रेडमा उत्र्तीण भएको स्कूलका प्रिन्सिपल गणेश ओलीले जानकारी दिए ।
शतप्रतिशत नतिजा ल्याई विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको सन्दर्भमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई कार्यक्रममार्फत् सम्मानित गरेका थिए ।