सुनसरी । क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ममोरियल एकेडेमी दुहबीले जितेको छ । छात्रातर्फ भने धरानको ज्वालामुखी माध्यमिक विद्यालय च्याम्पियन भयो ।
छात्रतर्फको शुक्रबार भएको फाइनल भिडन्तमा महेन्द्र मेमोरियलले खनार मोडेल एकेडेमी, खनारलाई २-० ले हरायो । महेन्द्र मेमोरियलको जितमा खेलको २०औं मिनटमा आयुश कुमार चौधरीले पहिलो गोल गरे । त्यस्तै दोस्रो गोल ५४औं मिनटमा बोधराज घिमिरेले गरे । बिजयी खेलाडीहरुलाई चौधरी ग्रुप, सुनसरीका बजार प्रतिनधिी परशुराम ढुंगानाले पुरस्कृत गरे ।

यसैगरी, छात्रातर्फ भएको प्रतियोगितामा धरानको ज्वालामुखी मावि च्याम्पियन भएको छ । विपक्षी इटहरीको कचना माविलाई ४-० गोलले पराजित गर्दै ज्वालामुखी च्याम्पियन बनेको हो ।
ज्वालामुखीका लागि सोमिका आलेले १२ र ३६औँ मिनेटमा गोल गरिन् भने प्रतिक्षा राईले १७औँ र जिनु राईले खेलको ४०औँ मिनेटमा गोल गरेकी थिइन् ।
जिल्लामा बिजयी हुने टिमले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने बताईएको छ । साथै प्रदेशस्तरीय प्रतिस्पर्धामा सफल हुने टोलीहरुले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने छन् ।