काठमाडौं । चार महिनापछि स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सागको फुटबलमा महिलातर्फ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ भने पुरुषको हकमा यू-२३ टोलीले प्रतिस्पर्धा गर्नेछ ।
प्रारम्भिक चरणमा छनोट भएका ४२ खेलाडीमध्ये पहिलो दिन आइतबार २९ खेलाडी प्रशिक्षणमा सामेल भएका थिए । फेरि पनि नेपाली महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरि खड्काले पाएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले गत वर्ष ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । त्यस्तै फागुनमा भारतमा हिरो गोल्ड कप र साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो ।
खड्काले घरेलु मैदानमा टोलीलाई स्वर्ण पदक जिताउनु मुख्य लक्ष्य रहेको बताएका छन् । जहाँ जहाँ सुधार आवश्यक छ त्यसमा हामी केन्द्रित भएर प्रशिक्षण गर्ने खड्काले वचन दिएका छन् । १३औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ ।
प्रारम्भिक चरणमा रहेका खेलाडी
निशा थोकर, सरु लिम्बु, अन्जलीकुमारी योन्जन, एन्जिला तुम्बापो सुब्बा, रेखा पौडेल, हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेणुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता केसी, विमला विके, पुजा रानामगर, पुनम जर्घा मगर, अन्जना रानामगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, शर्मिला थापा, दीपा राई, कृष्णा खत्री, घिमकुमारी गुरुड, अमृता जैसी, नीरु थापा, सृजना खड्का, निर्मला विके, दीपा न्यौपाने, उषा नाथ, समिक्षा घिमिरे, बसन्ती नाथ घिमिरे, रश्मीकुमारी घिसिड, मनीषा राउत, सावित्रा राना मगर, सलोनी रानामगर, रेविका राई, रोजिना श्रेष्ठ, प्रिति राई, मनीषा थापा, सम्झना लावती र सपना लामा