काठमाडौं । आगामी महिनादेखि काठमाडौं मै शुरु हुन गईरहेको साफ यु-१९ च्याम्पियनसिप तयारीका लागि नेपाली यु–१९ ले आइतबारदेखि आधिकारिक रुपमा तयारी शुरु गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले कुल ४६ खेलाडीहरुलाई प्रारम्भिक टोलीमा समावेश गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार प्रारम्भिक छनौटमा परेका खेलाडीहरुलाई हालै सम्पन्न ललित स्मृति यु-१८ च्याम्पियनसिपबाट उनीहरुको प्रदर्शनका आधारमा छनौट गरिएको हो ।

नेपालले दोस्रोपटक आयोजना गर्ने अवसर पाएको प्रतियोगिता यहि आउँदो सेप्टेम्बर २० देखि २९ तारीखसम्म एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुँदैछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो भने यो उपाधिमाथि नेपालले ह्याट्रिक गर्ने अवसर पनि छ ।

प्रारम्भिक टोली :

गोलकिपर्स : बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना, निशान खडका, आकाश रानाभाट

डिफेन्डर्स : बिशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, युवेश थापा, बिशान्त बस्नेत, आलिक रुम्बा, अन्जन महर्जन, राजु पन्डित, बिशाल शाही

मिडफिल्डर्स : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, राजन पुन, आकाश बुढा मगर, रेजिन माझी, सन्जिव लामा, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा

फरवार्डस : बृजेश चौधरी, सेचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरिया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, कृतिस रत्न छन्जु, मनिष डाँगी