एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १-१ गोलको बराबरी खेलेको हो ।
उपाधिको दाबेदार मानिएको म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेपछि जित निकाल्न असफल रह्यो । खेलमा अग्रता पाहुना टोली युुनाईटेडले खेलको २७ औ मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सियलले उनले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए ।
दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । ६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो । रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पल पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाएका थिए ।

अघिल्लो खेलमा चेल्सीलाई ४-० ले पराजित गरेर हौसिएको युनाइटेडले वल्भ्सलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा अंक बाड्न बाध्य भए । सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो ।