काठमाडौं । मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ताजिम विरुद्ध हुने मैत्रीपूर्ण फुटबल म्याचका लागि राष्ट्रिय फरवार्ड बिमल घर्ती मगर स्वदेश फर्किएका छन् । हाल माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका बिमलले राष्ट्रिय टोलीको अभ्यासमा पनि सामेल भइसकेका छन् ।

नेपालले मलेसियन च्याम्पियनसँग यहि अगसत २६ तारीखका दिन मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । यद्यपि त्यो खेलका नेपालीका दुई महत्वपूर्ण खेलाडी रोहित चन्द र किरण चम्जोङ टोलीमा हुने छैनन् । रोहित हाल आफ्नो व्यवसायीक क्लब पर्सिजा जकार्ताका लागि इण्डोनेसियामा खेलिरहेका छन् भने चेम्जोङ जे लिग क्लबमा ट्रायलका लागि जापानमा छन् ।

मलेसियनविरुद्ध नेपाली टोली

गोलकिपर्स : बिकेश कुथु, बिशाल श्रेष्ठ, एलन न्योपाने

डिफेन्डर्स : देवेन्द्र तामाङ, अनन्त तामाङ, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर्स : सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अन्जन बिष्ट, रवि पासवान, सुनिल बल, हेमन गुरुङ, तेज तामाङ, सन्तोष तामाङ

फरवार्डस : बिमल घर्ती मगर, बिमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ