दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा मंगलबार शान्तिदीप युवा क्लब विजयी भएको छ । स्पर्धी भाङबारी स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै शान्तिदीपले सेमिफाइनल यात्रा तय गरेको हो ।
शान्तिदीपका लागि खेलको ९ मिनेटमा सन्तोष न्यौपानेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, १८औँ मिनेटमा सुमित धिमालले थप गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको म्यान अफ दी म्याच शान्तिदीपका सन्तोष न्यौपाने घोषित भए । दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ ।

कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए । बुधबारको खेल आयोजकले ध्रुवतारा स्पोटि क्लबसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।