काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलअन्तर्गत पहिलो खेल भइरहँदा नेपालका लागि फेरि कप्तान सुजल श्रेष्ठले दोस्रो गोल गरेका छन् ।

दशरथ रंगशालामा भइरहेको भुटानविरुद्ध खेलको पहिलो हाफसम्म नेपालका लागि सुजल श्रेष्ठले ५ मिनेटमै गोल गरेका थिए ।

पहिलो हाफसम्म १-० गोलले अगाडि नेपालले अहिले अग्रता दोब्बर बनाउँदै २-० गोलको नतिजा निकालेको छ । दोस्रो गोल पनि कप्तान सुजल श्रेष्ठले नै नेपालका लागि गरेका हुन् ।

उनले दोस्रो हाफको ५औँ मिनेटमै गोल गरेका हुन् ।

भुटानले बंगलादेशमाथि हिजो जीत निकाल्दै ३ अंक जोडिसकेको छ ।