सालबारी । झापाको अर्जुनधारा-११ सालबारीस्थित महारानीगञ्ज माविमा रहेको बाल क्लबको आयोजनामा भइरहेको दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा आइतबार शनिश्चरे मावि विजयी भएको छ ।
आजको अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरे माविले जनता माबिलाई ३-० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेको हो । शनिश्चरे माविका लागि कप्तान निखिल तामाङले २ गोल गरे भने केशव खतिवडाले थप गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच शनिश्चरेका निखिल तामाङ घोषित भए । उनलाई वडा नम्बर ११ का खेलकुद समितिका अध्यक्ष मोसेज खड्काले एक हजार प्रदान गरे ।
सोमबारको पहिलो सेमिफाइनल खेल लक्ष्मी मावि र भानु माविबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार पाउँदा उपविजेताले १० हजार र ट्रफी पाउनेछ ।