सालबारी । झापाको अर्जुनधारा-११ सालबारीस्थित महारानीगञ्ज माविमा रहेको बाल क्लबको आयोजनामा भइरहेको दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सोमबारको खेलबाट लक्ष्मी मावि लक्ष्मीपुर फाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी माविले ३-२ गोलअन्तरमा भानु माविलाई पराजित गरी फाइनल प्रवेश गरेको हो । लक्ष्मी माविका लागि इश्वर मेचेले २ र सागर मगरले १ गोल गरे ।
भानु माविका लागि नवराज भण्डारी र रोहन दनुवारले १-१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लक्ष्मी माविका २ गोल गर्ने खेलाडी इश्वर मेचे घोषित भए । उनलाई वडा नम्बर ११ का खेलकुद विकास समितिका अध्यक्ष मोसेज खड्काले नगद १ हजार प्रदान गरे ।
भोलि (मंगलबार)को खेल शनिश्चरे मावि र सिंहदेवी मावि सिस्नेबीच हुनेछ ।