काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एपीएफलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा बिहीबार सम्पन्न दोस्रो खेलमा आर्मीले एपीएफलाई २–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।
आर्मीले खेलको १६ औँ र ४१ औँ मिनेटमा गोल गरेको थियो । आर्मीका लागि दुवै गोल सन्तोष तामाङले गरेका हुन् । एपीएफका लागि आशिस लामाले खेलको ३७औँ मिनेटमा गोल फर्काएका थिए ।
आर्मी ११ खेलबाट २६ अंककासाथ शिर्ष स्थानमा छ । समान खेलबाट मछिन्द्र २५ अंकसहित दोस्रो स्थानमा छ । एपीएफ ११ औँ खेलबाट ५ अंकमात्रै जोडेको छ ।