काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४३ औं संस्करण शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । यो मछिन्द्रको पहिलो ‘ए’ लिग उपाधि हो ।
फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।
उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।
एन्फाले यस सिजन शीर्ष ६ मा रहने टिमलाई पुरस्कृत गरिएको छ ।
कुन क्लबले कति पाए पुरस्कार ?
विजेता – मछिन्द्र – ५० लाख
उपविजेता – आर्मी – ३५ लाख
तेस्रो – मनाङ मर्स्याङ्दी क्लब – २५ लाख
चौंथो – थ्री स्टार क्लब – १५ लाख
पाँचौं – नेपाल पुलिस क्लब – ७ लाख
छैटौं – जावलाखेल युथ क्लब – ५ लाख