झापा । ए डिभिजन क्लब थ्री स्टारले सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा मोरङमाथि सहज जीत निकालेर सेमिफाइनल यात्रा गरेको थ्री स्टार र आयोजक जीत निकाल्दै गोल्डकपको फाइनलमा पुग्ने कसरतमा छन् । थ्री स्टारले बेलबारी एफसीलाई ३- गोलअन्तरले पराजित गरेको थियो ।

गोल्डकपको दाबेदार मानिएको मनाङ मस्र्याङदी क्लबमाथि जीत दर्ता गरेर हौसला बटुलेको आयोजकलाई घरेलु दर्शककाे समर्थन रहेको छ । थ्री स्टारका डिफेन्डर अनन्त तामाङ हाेम ग्राउण्डमा विपक्षी बनेर खेल्दैछन् । खेल दिउँसो २ बजे हुने आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापाले जनाएको छ ।

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०(२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।