झापा । दोस्रो कटारी मेयर कप आमन्त्रित उसु प्रतियोगितामा भाग लिनका लागि अर्जुनधारा नगरपालिकाको टिम शुक्रबार बिहान उदयपुर प्रस्थान गरेको छ ।
नगरपालिकाभित्रका खेलाडीबीच गरिएको छनौटबाट १३ जना महिला र पुरुष खेलाडी उदयपुर प्रस्थान गरेका हुन् । जसमा पुरुषतर्फ ३५ वर्षदेखि ६५ वर्ष र महिलातर्फ ४० वर्षदेखि ६० वर्षभित्र उमेर समूहका खेलाडी छन् ।
जसमा महिलातर्फ रिचा श्रेष्ठ (४० देखि ४५ तौल), शिला दनुवार (४५ देखि ४८ तौल), अञ्जली दनुवार (४८ देखि ५२ तौल), रिया श्रेष्ठ (५२ देखि ५६ तौल) र पर्वा राजवंशी (५६ देखि ६० तौल) समूहमा रहेका छन् ।
त्यस्तै, पुरुषतर्फ दर्शन लिम्बू (३० देखि ३५ तौल), उपेन राई ३५ देखि ४० तौल), सन्दिप दनुवार (४० देखि ४५ तौल), निसान लिम्बू (४५ देखि ४८ तौल), विपन राई (४८ देखि ५२ तौल), रोशन गुरुङ (५२ देखि ५६ तौल), पवन तामाङ (५६ देखि ६० तौल) र सेवन राई (६० देखि ६५ तौल) समूहका रहेका छन् । टिम प्रशिक्षकमा संगीता दनुवार रहेकी छन् ।
अर्जुनधारा नगरस्तरीय खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे र उसु प्रशिक्षक डम्बर यादवले मेयर कपमा सहभागी हुने खेलाडीलाई शुक्रबार बिदाई तथा शुभकामना व्यक्त गरेका थिए ।