शनिश्चरे । उदयपुरको कटारीमा आजदेखि सुरु हुने नगरपालिकास्तरीय तेक्वान्दो प्रतियोगिताका लागि अर्जुनधारा नगरपालिकाभित्रका तेक्वान्दो खेलाडीहरु सोमबार प्रस्थान गरेका छन् ।

नगरबाट खेलाडी छनौट गरी प्रतियोगिताका लागि उनीहरुलाई एक कार्यक्रमका बीच हिजो बिदाइ गरिएको हो । प्रस्थान गर्ने खेलाडी महिलातर्फ ४० केजीमा रोजु भुजेल, ४३ मा करुणा बस्नेत, ४६ मा राधिका राई, ४९ मा सरिता श्रेष्ठ, ५३ मा शितल राई र ५८ केजी तौल समूहमा मिना तामाङ रहेका छन् ।

त्यसैगरी पुरुषतर्फ ४२ केजीतर्फ प्रदिप गजमेर, ४५ केजीमा विवेक गिरी, ५९ केजीमा प्रितु राई, ५४ केजीमा रविकुमार कटुवाल, ५८ केजीमा अरुण डाँगी र ६३ केजी तौल समूहमा प्रसन्न दनुवार छनौट भइ प्रतियोगिताका लागि उदयपुर प्रस्थान गरेका छन् ।

खेलाडीहरुलाई अर्जुनधारा खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका सचिव कुमार भट्टराई, तेक्वान्दोका सहायक प्रशिक्षक जितेन्द्र मेचेलगायतले शुभकामना दिएका थिए ।