गाइघाट । उदयपुरको कटारीमा आजदेखि सुरु भएको नगरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका तेक्वान्दो दुई खेलाडीले पदक जितेका छन् ।
दोस्रो उदयपुर मेयर कपमा अर्जुनधाराबाट प्रतिनिधित्व गरेका ५८ केजी समूहतर्फ अरुण डाँगीले स्वर्ण पदक जितेका हुन् । उनले फाइनल चरणमा पूर्वी पृतना तेक्वान्दो डोजाङका सुजन राईलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।
त्यस्तै, ४६ केजी तौल समूहतर्फ अर्जुनधाराका विवेक गिरीले रजत पदक प्राप्त गरे । उनी मेचीनगरका रक्की राजवंशीसँग पराजित हुँदा रजत पदकमा चित्त बुझाउनु परेको थियो ।