दिपक बोहोरा,
इलाम । पूर्वी पहाडको प्रतिष्ठित माइभ्याली गोल्डकपमा पाहुना टोली भारतको ग्यान्तोक फुटबल क्लब सिक्किमलाई २–० गोलले हराउँदै आयोजक माइभ्याली फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आयोजकको जितमा दुबै गोल विदेशी खेलाडी जोडनले गरे । आयोजकले सेमिफाइनलमा भारतको मोहम्मडम फुटबल क्लब कोलकात्ताको सामना गर्नेछ ।
घरेलु मैदानमा इलामका लागि विदेशी खेलाडी जोडनले खेल सुरु भएको ५ मिनेटमै गोल गर्दै आयोजकलाई सुरुवाती अग्रता दिलाएका थिए । जोडनले पुनः खेलको इन्जुुरी समयमा गोल गर्दै आयोजलार्ई विजयी गराएका थिए । घरेलु दर्शकको साथ पाएको माइभ्याली र पाहुना टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
दोस्रो हाफमा निकै आक्रामक खेल खेलेको सिक्किमले गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ । खेलको म्यान अफ दी म्याच विजेता टिमका उमेश लेखी घोषित भए । माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोलि झापा ११ एफसलिे मानेभञ्ज्याङ एफसी दार्जीलिङसँग खेल्नेछ ।