इलाम । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले इलाममा जारी माइभ्याली गोल्डकपमा आज गोर्खा ब्वाइज रुपन्देहीसँग भिड्दैछ ।
लिग जितेपछि अपराजित यात्रामा रहेको मच्छिन्द्रले झापामा आयोजित सताक्षी गोल्डकपको उपाधि रक्षा गर्यो । तर, बूढासुब्बा गोल्डकपमा भने नेपाल पुलिस क्लबसँग स्तब्ध बन्यो ।
बूढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको थियो ।
मोफसलको टिम गोर्खा ब्वाइजसँगको भिडन्तलाई मच्छिन्द्रको अग्निपरीक्षाको रुपमा लिइएको छ । दिउँसो २ बजे इलामको ठुलो टुँडिखेलमा हुने प्रतिस्पर्धाको विजेता टोली सेमिफाइनल पुग्नेछ ।