इलाम । यहाँ जारी छैटौँ माइभ्याली गोल्डकपमा लिग च्याम्पियन मच्छिन्द्र क्लब टाइब्रेकरमा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा मच्छिन्द्र र रुपन्देहीको गोर्खा ब्वाइज एफसी दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । थप गरिएको २० मिनेटको समयमा पनि निर्णय ननिस्केपछि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा मच्छिन्द्रले ५-३ गोलअन्तरमा गोर्खा ब्वाइज एफसी रुपन्देहीलाई पाखा लगाएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका रजिन धिमाल घोषित भए । उनले नगद १० हजार पाए ।
मंगलबारको खेल आयोजक माइभ्याली स्पोर्टिङ क्लबले भारतको मोहमडन स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।