दिपक बोहोरा,
इलाम । लिग विजेता मछिन्द्र क्लब इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मछिन्द्र क्लबले भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोलको हराउँदै फाइनल प्रवेश गरेको हो । मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई र अडेलाजा सोमेडे एक गोल गरे ।

लिग बिजेता मछिन्द्रले उपाधिको लागि आर्मी र आयोजक बीचको बिजेता संग प्रतिस्पर्धा गर्ने छ ।

बुधबार इलाम स्थित ठुलो टुडिखेलमा फाइनल प्रबेशका लागी भएकोे खेलमा १९ औं मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । डि एरिया नजिकबाट सुब्बाले गरेको शक्तिशालि प्रहार गोल भएको थियो ।

२१ औं मिनेटमा रजिन धिमाल प्रहार गरेको कर्नरमा अडेलाजा सोमेडे गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ८७ मिनेटमा रेजिन सुब्बाले वान भर्सेज वानको अवस्थामा चलाखिपुर्ण गोल गरे खेल सुरु भए देखिनै खेलमा मछिन्द्रले पकड जमाएको थियो छ ।

मछिन्द्रले मानेभञ्जाङको पोष्टमा निरनतर आक्रमण बुनिरहेको छ । मच्छिन्द्रले बिमल घर्तिमगर, योगेश गुरुङ, रजिन धिमाल देबेन्द्र तामाङ,बिशाल राई ए र बि लगायतलाई मैदानमा उतारेको थियो ।

दोश्रो हाफमा सुधारीएको खेल प्रर्दशन गरे पनि पाहुना टोलीले गोल गर्न सकेन । दोश्रो हाफमा केहि राम्रा मुभहरु बनाए पनि पाहुना टोली मानेभञ्जाङ फुटबल क्लबले गोल गर्न नसक्दा हार्न टार्न सकेन ।

पहिलो हाफको पाँचौ मिनेटमा किपर समेत विट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । देबेन्द्र तामाङ म्यान अफ दि म्याच बने । उनल नगद १० हजार प्राप्त गरे ।

खेलाडीहरुको तालमेल नमिल्दा खेलमा पराजित हुन परेको मानेभञ्जाङ फुटबल क्लबका प्रशिक्षक रेवजि भुटियाले बताए । योजना अनुरुप खेल प्रर्दशन गर्दा सफलता प्राप्त गरेको मच्छिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले बताए ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ । बिहिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी र माइभ्याली फुटबल क्लब इलामबीच हुनेछ ।